मौसममा सुधार भएसंगै बेथानचाेकमा पर्यटकीय चहलपहल सुरू

मौसममा सुधार भएसंगै बेथानचाेकमा पर्यटकीय चहलपहल सुरू

काभ्रे : आजबाट मौसममा सुधार भएको छ । मौसममा सुधार भएसंगै बेथानचाेकमा पर्यटकीय चहलपहल सुरू भएको छ।

बेथानचोकमा लगातार दुई दिनदेखिको वर्षा र हिमपातका कारण राेकिएको पर्यटकीय चहलपहल आजबाट सुरू भएको पर्यटन व्यवसायी कमल प्रसाद नेपालले जानकारी दिए । उनका अनुसार हिउँ परेका ठाउँहरुमा अहिले घाम लागेको छ।

गाउँपालिकाको तल्लो भेगमा घाम लागेर पर्यटकिय चहलपहल सुरु भएपनी हर्कभञ्याङ, सिर्थली, चोरण्डे, कामीखोरिया लगायतका बस्तीहरु बेथानचोक नारायणस्थान, गजराम पर्वत जस्ता उच्च भेगमाहरुमा हितपातका कारण जनजीवन अझै सामान्य हुन नसकेको उनले बताए।

You May Also Like

More News/Events